१० चैत्र २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

थिमिको सिन्दुर जात्रा (फोटोफिचर)

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो। थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। जात्रामा चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

यो जात्रा थिमिमा मात्र मनाइन्छ। जात्रामा वेला एकअर्कामा सिन्दुर दलिन्छ भने हातहातमा बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

तस्बिर: प्रसन गुरुङ/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App