
घोडा सबारले धानेको रामबहादुर चिदीको परिवार

125 SHARES

कुनै बेला थियो जब एक ठाउँ देखि अर्को ठाउँ सम्म जान, सामान ओसारपसार गर्न घोडा आवश्यक हुने गर्थ्यो। समाजका राजा, नाइके, मुखिया, घोडा चढेर गाउँ डुल्दा तिन्को रबाफ नै छुट्टै हुन्थ्यो। तर समय र प्रविधिको विकास भएसँगै घोडालाई परिवर्तन गर्दै इन्जिन गाडी आयो। इन्जिन गाडी आएसंगै अहिले घोडा सभार गर्ने मान्छे देखिन मुस्किल पर्ने गरेको छ अझ भनौँ पछिल्लो समय घोडा चढेको हतपत देख्न छाडेको छ।
तर विगत ५ वर्ष देखी विभिन्न मेला महोत्सवमा आबलोकन गर्न आउने पर्यटकलाई घोडामा डुलाउँदै आएका पाल्पा तान्सेनका ५२ वर्षीय रामबहादुर चिदीभन्छन् घोडा सभार रमाइलो र खेल मात्र नभई हाम्रो इतिहासको एउटा अङ्ग हो।
उनले भने, ‘१ लाखको एउटा घोडा किने र मेला महोत्सवमा दर्शकहरुलाई गोडा सवार गराउन थाले। मैले यसरी गोडा सवारी गराउँदा वर्षमा ८० हजारदेखि १ लाखसम्म कमाउँछु।’
उनले आफ्नो नजिक रहेको स्थानहरुमा मेला महोत्सव भए पुग्ने बताए। उनले गोडा सवार गरेबापत बच्चालाई एक सय रुपैयाँ र बयस्ककोलागि २०० रुपैयाँ मूल्य पनि निर्धारण गरेका बताए।
चिदीका अनुसार गाेडा सवारबाट कमाएकाे पैसा घर खर्च गर्न मात्र पुग्छ।




