१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

सेना दिवसको अवसरमा सजाइयो जङ्गी अड्डा (फोटोफिचर)

नेपाली सेनाले शनिबार सेना दिवस मनाउँदै छ। त्यसका लागि काठमाडौंस्थति रहेको सैनिक कार्यालय जङ्गी अड्डा झिलिमिली पारिएको छ। 

वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ।

नेपाली सेनाले शनिबार मनाउने सेना दिवसको कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाइ समेत गर्ने गर्छन्। त्यसैगरि बढाइ कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७९ को आकृति समेत प्रस्तुत गरिन्छ। यस्तै, नेपाली सेना र नेपालको परम्परागत भेषभुषा झल्कने विविध कला, नृत्य र संगितको धुन प्रदर्शन गर्ने गर्दछन्। 

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने गरिन्छ। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App