
समाज
महाशिवरात्री मनाउन विभिन्न देशहरुबाट साधु शन्तहरु पशुपति आइपुगेका छन्।
भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको छ।
महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।
कोषले यस पटकको महासवशरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ। कोषका अनुसार मन्दिर परिसरमा दर्शनार्थीको सुविधाका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवक रहने छन्।