१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

कर्णाली राजमार्गको कन्तविजोग

जुम्ला–धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए।  सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवासीले प्रभावकारी रुपमा गन नपाएको महशुस हुन्थ्यो।
‘कर्णालीलाई सबै हिसाबले विपन्न बनाइँदैछ,’ प्याकुरेलले भने,‘सडक जोडिएको भन्छन भारी बोक्न छुटेको छैन। पहिले खच्चरबाटोमा भारी बोकेर हिड्थ्यौं अहिले गाडीबाटोमा भारी बोक्छौं।’

सरकारी उदासिनताका कारण कर्णालीको बिकासपछि परेको भन्दै अझै पनि राज्यले कर्णालीवासीलाई मृत्यु मार्गमै हिडाइरहेको उनले बताए।
कालिकोट सदरमुकामदेखि नाग्मसम्म झण्डै दर्जन स्थानमा पहिरो गएको यात्रुहरु बताउँछन्। सवै भन्दा बढी खतरानात्मक सडक खण्ड जुविथा– ९ खल्लागाडमा देखिएको छ ।

अहिले सो खण्डमा भन्दा अघि सवारी साधन अघि बढ्न सकेका छैनन्। जसका कारण यात्रु तीन घण्टा पैदल यात्रा गरेर हिड्न बाध्य छन्। समयमै ठेकेदारले पुल नवनाउँदा निकै जोखिम मोल्नु परेको व्यवसायी बताउँछन्। सवारी चालकहरु कर्णाली राजमार्गमा कयौं दिन भोकभोकै, रुँदै बित्ने गरेको अनुभव सुनाउछन्। विहान सुर्खेतदेखि यात्रा गरे बेलुका जुम्ला खलंगामा पुग्ने यात्रु अहिले चार दिन समय लगाउँछन्। सडककोबीचमा यात्रु भोक भोकै राख्न बाध्य भएको व्यवसायीको दुखेसो छ।

कर्णाली राजमार्गको अवस्था दयनीय बन्दै जाँदा जुम्लाका राजनैतिक दलहरुले चासो दिएका छन्। उनीहरुले कर्णाली राजमार्गको अवस्था अनुगमन गरेका छन्। राज्यलाई दबाब सृजना गर्ने र जिल्लादेखि व्यवस्थापिका संसदमा रहेका प्रतिनिधिलाई ध्यानाकर्षण गराउन यस्तो अभियान थालेका हुन्। पूर्व सांसद  देविलाल थापा नेतृत्वमा कर्णाली सडक अनुगमन गरिएको हो। उनले तत्काल पहिरो गएको स्थानको पहिरो पन्छाउन र खोलाको व्यवस्थापनको लागि पहल थालिने बताए। उनीहरुले राजमार्ग छेउछाउमा रहेका स्थानीय, चालक, र यात्रुसँग भेटेर गुनासो संकलन गर्नुका साथै स्थलगत रुपमा बुझेका हुन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App