१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

दिलिपको तेस्रो पुण्यतिथिको अवसरमा माइतीघरमा विरोध (फोटोफिचर)

काठमाडौंको माइतीघरमा युथ एसोसिएसन अफ नेपाल यानले ओमप्रकाश महतो (दिलिप) को तेस्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेका छन्।  

सोमबार माइतीघर मण्डलामा युथ एसोसिएसन अफ नेपाल यानले ओमप्रकाश महतो (दिलिप) को तेस्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेका हुन्।

विरोध कार्यक्रममा उनका  बुवा रामजीवन, बहिनी लक्ष्मी र आमाको पनी उपस्थीती रहको थियो। 

उनीहरुले मैन बत्ति प्रज्वलन, दिलिप महतोलाई पहिलो पर्यावरण सहिद कहिले घोषणा गर्ने सरकार?, दिलिप महतोलाई न्याय कहिले दिने सरकार? जस्तो पेलेकार्ड सहित विरोध प्रदशन गरेका थिए।  

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App