८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ। पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडकलाई छ लेनमा विस्तार गर्ने घरटहराहरु डिभिजन सडकले भत्काइरहेको छ।

सडक डिभिजनले दुईवटा डोजर प्रयोग गरी अवैध संरचना भत्काइरहेको छ। मुख्य राजमार्ग ५० मिटरको रहने व्यवस्था छ। सोही अनुसार राजमार्गको बिच भाग दायाँ २५ बायाँ २५ मिटर छोड्नुपर्ने हुन्छ। हाल दुईलेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको हो। सडक सिमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ।

३५ दिनको सूचना निकालेर अतिक्रमित टहरा हटाउन डिभिजन सडकले निर्देशन गरेको थियो। निर्देशनको अटेर भएपछि सडक डिभिजनले डोजर चलाएको हो।

यो हेनुहोर्स तस्बिर

खुशी 57.1%
दुखी 0%
अचम्मित 28.6%
हास्यास्पद 0%
क्रोधित 14.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App