४ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

धमाधम बन्दै कोटवाडा विमानस्थल (फोटो फिचर)

निर्माणाधीन कोटवाडा विमानस्थल। तस्बिर: ललित विष्ट।

जिल्लाको एक मात्र ३७ बर्ष पुरानो एयरपोर्ट हो कोटवाडा विमानस्थल। जिविस अन्तर्गत आ.व. २०४१/०४२ देखि यो विमानस्थल निर्माणाधीन अवस्थामा छ।

नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गको अहिले कालोपत्रेको काम सुरु भइरहेको छ। ३७ बर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अहिले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुरु तीव्र गतिका भइरहेको छ।

नरहरिनाथ गाउँपालिका –१ को कोडवाडामा निर्माणाधीन विमानस्थलको धावनमार्ग ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाइ रहने स्टिमेट छ। श्रोतका अनुसार २०४२ साल देखि हाल सम्म ३९ करोड रकम विमानस्थल निर्माणमा खर्च भइसकेको छ।

तस्बिरहरू:

प्रकाशित: २५ मंसिर २०७९ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App