१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

नुवाकोटमा साँढे जुधाई

नुवाकोट-स्पेनको राष्ट्रिय खेल 'बुल फाईट' अर्थात् साँढे जुधाई टेलिभिजनको पर्दामा बेला बेलामा देखिन्छन्। त्यस सँगै फ्रान्स,पोर्तुगल मेक्सिको लगायतको देशमा बुल फाईट हामीले टेलिभिजनको पर्दामा देख्दै आएका छौ। एउटा निरिह प्राणिलाई धारिलो तरबार बर्साएर सकस दिएर सर्वश्रेष्ठ प्राणी मानिसले आफ्नो बर्बरता प्रर्दशन गरेर आलोचना भईरहेका बेला नुवाकोटमा भने मकर संक्रान्तिको अबसरमा सधैं झै बुल फाईट प्रर्दशन गरेर हजारौले मनोरञ्जन लिएका छन्।

2

नुवाकोटको धार्मिक तथा एतिहासिक स्थल बेत्रावती र तारुका ५ चादनीमा स्पेनको जस्तै बुल फाईटको झल्को मेटाउने साँढे जुधाईको मनोरञ्जन लिनका लागि देश तथा विदेशबाट समेत हजारौ दर्शक आएका थिए।
3
माघे संक्रान्ति भन्ने बित्तिकै देशका बिभिन्न ठाउँमा घयु चाकु, तरुल खाएर मनाईने प्रचलन रहे पनि नुवाकोटबासीले भने गोरु जुधाएर संक्रान्ति मनाए । वर्ष भरी छोराछोरीको जस्तै स्याहार र सुसार गरेर हुर्काएका गोरुधनीहरुले जुधाउनका लागि गोरु पाल्ने चलन छ । आफुले गुन्द्रुक र ढिडो खाएर वर्षभरी गोरुलाई मास खुवाएर बलियो बनाएर गोरु धनीहरुले गोरु जुधाई प्रतियोगितामा उत्रार्ने गर्छन् । प्रतियोगितामा दर्जनौ गोरु पालक किसानले आफ्ना बहर गोरुलाई सहभागि गराउँछन् । चामल अण्डा, पोषिलो खानेकुरा खुवाएर पालिएका रहर लाग्दा बहरहरुको बुल फाईट रोमाञ्चकारी थियो । गत वर्ष धेरै संख्यामा गोरु जुधाईएको भए पनि यस वर्ष भने १६ हल गोरु जुधाईएको माघे संक्रान्ति मेला व्यववस्थापन समितीले जनायो । बुल फाईटको प्रवर्धन गर्न भन्दै गत वर्षबाट पर्यटन मन्त्रालयले समेत सहयोग गर्दै आएको छ ।
4
यस वर्षको माघे संक्रान्तिमा नुवाकोट र रसुवाको सिमास्थल बेत्रावती र नुवाकोटको तारुका ५ चादनीमा २३ हल गोरु जुधाएर स्थानीय माघे संक्रान्ति मनाएका छन् । नुवाकोटको तारुकामा १५ हल र बेत्रावतीमा ८ हल गोरु जुधाईएको थियो । तारुकामा गोरु जुधाउने मेला एक सय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् ।
5
स्थानीयको भनाई अनुसार बझाङी राजा जयपृथ्वी बहादुर सिंह मामाघर आउँदा बिसं १९७८ मा नुवाकोटको तारुका ५ चादनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजा सहित गोरु जुधाएको र त्यसैबेला देखि यो परम्परालाई निरन्तरता दिईएको भन्ने मान्यता रहिआएको छ।
6
यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको यो परम्परालाई स्थानीयले निरन्तरता दिदै आएका छन् । नेपाल र तिब्बतबीचको भोट युद्धको सन्धि भएको स्थल बेत्रावतीमा बिगत ८ वर्ष देखि नुवाकोटको बेत्रावतीमा गोरु जुधाईलाई व्यवस्थित बनाईदै आएको बेत्रावतीका मेला आयोजक समिती तथा गोसाईकुण्ड युवा कल्बका अध्यक्ष सुरज लबटले बताए। पहिला पुर्खा देखि रहेको प्रचलनलाई बिगतको वर्ष झै यस वर्ष पनि गोरु जुधाई परम्परालाई निरन्तरता दिईएको बेत्रावती गोरु जुधाई कल्बका अध्यक्ष लबटले बताए। उनका अनुसार बेत्रावतीमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झनामा हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको हो ।

7

यस वर्ष माघे संक्रान्ति मेलामा सहभागी मध्ये प्रथम हुने गोरु धनीलाई तीन हजार रुपयाँ, दोस्रो हुनेलाई १ हजार ५ सय रुपयाँ र गोरु सहभागी गराए वापत् १ हजार रुपयाँ प्रदान गरिएको उनले बताए । माघे संक्रान्ति मेलामा गोरु जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट हजारौ दर्शकहरु आउने गरेका छन्।

8

9

10

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App