समाज
फोटो फिचर
दिनभर हुस्सुले ढाक्यो लाप्राक
गोरखा- हिमपातले कष्टकर बनेको उत्तरी गोरखाको जनजीवन समान्य बनिनसक्दै मंगलवार दिनभर हुस्सु लागेर चिसो बढेको छ। दिनभर हुस्सुले ढाकेपछि नेपाली सेनाको हेलिकप्टर अवतरण हुन समेत सकेन।
पहिले पटक बिहान करिब ९ बजे राहत बोकेर गएको सेनाकै हेलिकप्टर भने अवतरण भएको थियो । स्वास्थ्यकर्मी, मन्डी, बिस्कुट जस्ता राहत सामग्री लगिएको थियो। चार पटक राहत सहित सेनाले हेलिकप्टर उडाउने तयारी भएपनि दोस्रो पटकबाट भने मौसम खराव हुँदा अवतरण गर्न नसकिएको पाइलट कर्नेल किरण थापाले बताए । 'पुरै बादलले ढाकेको छ, दुई पटक सम्म अवतरण गर्न प्रयास गर्यौँ तर संभव भएन' पाईलट थापाले भने ।
अवतरण गर्न नसकेपछि सेनाको हेलिकप्टर पुन नाम्जालीडाँडाको हेलिप्याड आएको थियो । सरकारले सेनाको हेलिकप्टर मार्फत लाप्राकका स्थानीयलाई न्यानो कपडा, खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न पठाएको हो । लाप्राकको पुरानो बस्ती सम्म पुगेको हेलिकप्टर भुकम्पपछि बस्ती बसेको ठाउँ गुप्सीपाखा पुग्न भने सकेन । मौसम खुलेसँगै राहत ढुवानीको तयारी भने भईरहेको छ ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%