coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

हिमाल खुल्यो, मतदाता खुलेनन् (फोटोफिचर)

पोखरा–१५ स्थित एक विद्यालयको मतदानस्थल। केही मतदानस्थलमा मतदाता केही बढी देखिएपनि धेरैमा मतदाता कम भएको स्थानीयले बताएका छन्। तस्बिरः उमेश पुन/नागरिक

बिहानैदेखि हिमाल खुलेको छ। दिन घमाईलो छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गर्दा आइतबार सडकमा सरकारले अनुमति दिएका बाहेक सवारी चलेका छैनन। मतदान केन्द्रमा मतदाताको केही चहलपहल छ। तर, मतदाताको चहलपहल सोचेजति नदेखिएको मतदाताले नै सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघिका सबैजसो निर्वाचनमा मतदाताले सक्रिय सहभागिता गराउँदै आएपनि यो पटक भने मतदाताको सक्रिय सहभागिता नदेखाएको पर्यटन व्यवसायी सन्तोष पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। आफ्ना नेता छान्न मतदाता आतुर नहुनु, मतदानमा आनाकानी गर्नु राजनीतिप्रतिको वितृष्णा भएको उनको अनुमान छ।  

नागरिककर्मीका अनुसार विभिन्न मतदानस्थलमा स्थलगत भ्रमणका क्रममा मतदाताको सहभागिता निकै नै कम देखिएको छ। मध्यान्हसम्म कास्कीमा शान्तिपूर्ण रुपमा निर्वाचन भएपनि मतदाताको सहभागिता कम भएको सुरक्षा निकायले बताएको छ। स्थानीय चुनावमा जत्तिको पनि मतदाताको सक्रिय सहभागि नदेखिएको पनि मतदाताले बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App