आत्म–जागरूकताले व्यक्तिगत जीवनमा सकारात्मक परिणाम ल्याउने जस्तै यसको प्रभाव वित्तीय अनुशासनमा पनि गहिरो पर्ने गरेको विशेषज्ञहरूले बताएका छन्। वित्तीय व्यवस्थापनका अनुसार प्रत्येक व्यक्तिसँग एक विशेष पैसा व्यक्तित्व हुन्छ। जसले उनीहरूको खर्च, बचत, लगानी र जोखिम लिन सक्ने क्षमता जस्ता पक्षमा महत्त्वपूर्ण असर पार्छ।
दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्त गर्न पैसाप्रति रहेको व्यवहारको अध्ययन र सचेत सुधार आवश्यक हुने वित्तीय विज्ञहरूको सुझाव छ। उनीहरूका अनुसार पैसा व्यक्तित्वले केवल बचत–खर्चमा सीमित नभई लगानी शैली, साझेदारीसँगको दृष्टिकोण तथा जोखिमप्रतिको सहनशीलता समेत निर्धारण गर्छ।
बिदा, उपहार वा ठूला खरिदका लागि छुट्टाछुट्टै उप–खाता बनाएर बचत गर्ने बानी उनीहरूमा देखिन्छ। साथै आनन्दका लागि खर्च गर्ने प्रवृत्ति दोस्रो प्रकार खर्चकर्ताको रूपमा चिनिन्छ। अत्यधिक खर्चका कारण ऋणको जोखिम बढ्ने तथा त्यसले तनाव निम्त्याउने सम्भावना बढी हुन्छ।
विशेषज्ञहरूको अनुसार खर्चकर्ताहरूले आफ्नो मूल्य पहिचान, मूल्य–आधारित बजेट, र स्वचालित दीर्घकालीन बचत अपनाएमा उनीहरूको आर्थिक स्थिरता उल्लेखनीय रूपमा सुधारिन सक्छ। तर कहिलेकाहीँ उनीहरूले आफ्नै आवश्यकता भन्दा अरूको आवश्यकता अगाडि राख्ने प्रवृत्तिले मासिक खर्च धान्न कठिन हुन सक्छ। साथै ‘नाइँ’ भन्न नसक्ने बानीले आर्थिक असन्तुलन निम्त्याउन सक्छ। वित्तीय विज्ञका अनुसार कुनै पनि व्यक्ति एकै प्रकारमा सीमित हुँदैनन्। धेरै व्यक्तिसँग दुई वा तीनै प्रकारका विशेषताहरू मिश्रित हुन सक्छन्।
विशेषज्ञहरूका अनुसार पैसाको व्यक्तित्व बुझेर काम गर्न सके आर्थिक स्थिरता र समृद्धिको बाटो अझ सहज बन्न सक्छ।
प्रकाशित: २९ कार्तिक २०८२ १०:५४ शनिबार





