२ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

इतिहासमा आज के भएको थियो ?

म्याडम क्युरी

आज नोभेम्बर ७ को दिन विश्व इतिहासमा केही महत्वपूर्ण घटनाहरू भएका थिए। आजकै दिन अर्थात सन् १८६७ मा पोल्यान्डमा विश्व प्रसिद्ध भौतिकशास्त्री र रसायनशास्त्री म्याडम क्युरीको जन्म भएको थियो। उनी पहिलो महिला थिइन् जसले दुई फरक–फरक विधामा नोबेल पुरस्कार  जितेकी थिइन्। भौतिकशास्त्र र रसायनशास्त्रमा नोबेल पुरस्कार जित्ने एक्लो व्यक्ति उनी  रेडियोधर्मिताको क्षेत्रमा महत्त्वपूर्ण अनुसन्धान गरेकी थिइन् ।  

त्यसैगरी आजकै दिन आयरल्यान्डमा महिला राष्ट्रपतिको उदय भएको थियो । सन् १९९० नोभेम्बर ७ मा मेरी रोबिन्सन लाई आयरल्यान्डको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित गरिएको थियो। यो आयरल्यान्डको राजनीतिक इतिहासमा एक ऐतिहासिक क्षण थियो, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा महिला नेतृत्वको लागि नयाँ मार्ग खोलेको थियो।  

त्यसैगरी इरानले नोभेम्बर ७, २००२ मा आफ्नो राष्ट्रमा अमेरिकाबाट उत्पादित सामानहरूको विज्ञापन र प्रचार गर्न प्रतिबन्ध लगाएको थियो। उक्त  निर्णय इरान र संयुक्त राज्य अमेरिका बीचको लामो समयदेखिको राजनीतिक र आर्थिक तनावको पृष्ठभूमिबाट आएको थियो।

प्रकाशित: २१ कार्तिक २०८२ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App