आज नोभेम्बर ३०, विश्व इतिहासमा आजको दिनलाई बेलायतका प्रधानमन्त्रीको जन्मदिन र एक दुःखद हवाई दुर्घटनाको वार्षिकीका रूपमा स्मरण गरिँदै आएको छ।
सन् १८७४, नोभेम्बर ३० मा आधुनिक इतिहासका एक प्रभावशाली व्यक्तित्व विन्स्टन चर्चिलको जन्म भएको थियो। द्वितीय विश्वयुद्धको समयमा बेलायतको प्रधानमन्त्रीका रूपमा उनले देशलाई नाजी जर्मनीविरुद्धको विजयतर्फ डोऱ्याउन भूमिका निर्वाह गरेका थिए।
राजनीतिज्ञ, सेनाका अधिकारी र लेखकका रूपमा चर्चिलको योगदान अतुलनीय मानिन्छ। उनलाई सन् १९५३ मा साहित्यतर्फको नोबेल पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
सन् २००४ नोभेम्बर ३० मा इन्डोनेसियामा एक दुःखद हवाई दुर्घटना भएको थियो। लायन एयरको उडान संख्या ५३८ जाभाको सोलो शहरमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चालक दलका सदस्यसहित २६ जनाको ज्यान गएको थियो। विमानमा सवार १६९ जनामध्ये १४३ जना घाइते भएका थिए। एजेन्सी
प्रकाशित: १४ मंसिर २०८२ ०८:०२ आइतबार





