३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज: आधुनिक फोटोग्राफीका अगुवा अल्फ्रेड स्टिग्लिट्जको जन्म

अमेरिकी फोटोग्राफर अल्फ्रेड स्टिग्लिट्ज सन् १८६४ जनवरी १ मा न्यु जर्सीको होबोकेनमा जन्मिएका थिए। आधुनिक कला इतिहासका एक प्रमुख पात्रका रूपमा  आजपनि उनको स्मरण गरिन्छ । फोटोग्राफर, प्रकाशक, कला व्यापारी तथा आधुनिकतावादी आन्दोलनका प्रभावशाली अधिवक्ता मानिएका  स्टिग्लिट्जले २०औँ शताब्दीको सुरुवातमा फोटोग्राफीको  स्वरुप परिर्वतन गरिदिएका थिए ।  

स्टिग्लिट्जले जर्मनीमा अध्ययन गर्ने क्रममा फोटोग्राफीमा रुचि  राखेका थिए। बर्लिनमा फोटोकेमिस्ट हर्मन भोगेल सँगको अध्ययनले उनको प्राविधिक र कलात्मक दृष्टि दुवैलाई परिर्वतन गराएको थियो । सन् १८८७ मा उनले अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा पुरस्कार समेत प्राप्त गरेका थिए।

 सन् १८९० मा अमेरिका फर्किएका स्टिग्लिट्जले फोटोग्राफीलाई चित्रकला र ग्राफिक कलाजस्तै ललित कलाका रूपमा स्वीकार  गरेका थिए। सन् १९४६ जुलाई १३ मा न्युयोर्कमै उनको निधन भयो। तर फोटोग्राफीलाई कलाको रूपमा स्थापित गरेका कारण  आज विश्व इतिहासमा यसले विशिष्ट स्थान पाएको छ।एजेन्सी

प्रकाशित: १७ पुस २०८२ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App