आज नोभेम्बर ११ विश्व इतिहासमा यो दिनले महत्त्वपूर्ण घटनाहरूलाई समेटेको छ। युद्धविराम, स्वतन्त्रता प्राप्ति र वैज्ञानिक उपलब्धिहरूका कारण आजको दिन ऐतिहासिक मानिन्छ। आजकै दिन फ्रान्सको कम्पीएनमा जर्मनी र मित्र राष्ट्रहरूबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएपछि प्रथम विश्वयुद्ध औपचारिक रूपमा समाप्त भएको थियो।
त्यसैगरी, सन् १७९५ देखि विभाजित रहेको पोल्याण्डले आजकै दिन जर्मनी, रुस र अस्ट्रिया हङ्गेरीको नियन्त्रणबाट स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई घोषणा गरेको थियो। क्यारिबियन राष्ट्र एन्टिगुआ र बर्बुडाले स्वतन्त्र भएको केही समयपछि आजकै दिन संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो। सन् १९६६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आजकै दिन जेमिनी १२ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। जुन जेमिनी कार्यक्रमको दशौं र अन्तिम मानवसहितको उडान थियो।
सन् १९६२ मा हलिउडकी चर्चित अभिनेत्री डेमी मुरलेको आजको दिन जन्म भएको थियो। उनले घोस्ट, अ फ्यु गुड मेन जस्ता चलचित्रहरूमा अभिनय गरेकी छन् ।
त्यसैगरी, भारतीय सिनेमाकी प्रख्यात र सदाबहार अभिनेत्री माला सिन्हाको जन्मदिन आज नै रहेको छ। उनले प्यासा धूल का फूल जस्ता चलचित्रहरूमा अभिनय गरेकी थिइन्। भारतका प्रथम शिक्षा मन्त्री तथा महान् स्वतन्त्रता सेनानी मौलाना अबुल कलाम आजादको पनि आज जन्मदिन हो, जसको सम्मानमा भारतमा यो दिनलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाइन्छ।
प्रकाशित: २५ कार्तिक २०८२ ०८:४० मंगलबार





