चीनको जियाङ्सु प्रान्त, कुन्शानमा अक्टोबर १७ मा जी नामकी महिलाले १५ सय अमेरिकी डलरमा १० ग्राम सुनको दाना किनिन्। सुनको मूल्य अहिले ५० प्रतिशतभन्दा बढेर प्रति औंस चार हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ।
अक्टोबर २२ मा दाना पाएपछि ११ वर्षीय छोराले त्यससँग खेल्न थाले। जी बाल्कोनीमा लुगा धुँदै थिइन्, अचानक छोरा दौडँदै आएर भने, ‘आमा, छिटो गर्नुहोस्, म मर्दैछु। मैले सुन निलेँ।’
उनले जिब्रोको शक्ति प्रयोग गर्न प्रयास गर्दा दाना निलेको बताए। सुरुमा जीले मजाक ठानिन्। तर दाना हराएको पुष्टि भएपछि रमाइलो र चिन्ता दुवै भयो।
‘मेरी भान्जीले एक पटक सिक्का निलेकी थिइन्,’ जीले दवान न्युजलाई भनिन्, ‘जब हामीले उनलाई अस्पताल लग्यौँ, डाक्टरले भने कि यो ठुलो कुरा होइन र उनले यसलाई आफ्नो दिसामा पठाउनेछिन्। त्यसैले मैले पनि सुन त्यसै तरिकाले आउन सक्छ भन्ने ठानेँ।’
‘हराएको खजाना’ फिर्ता पाउने आशामा उनले छोरालाई पाँच दिन हरेक बाहिर दिसा नगर्न भनिन्। ‘तेरो दिसा धेरै महँगो छ,’ उनी भन्थिन्।
पाँच दिनसम्म दिनको दुई पटक दिसा जाँच्दा पनि सुन नभेटिएपछि अक्टोबर २६ मा कुन्शानको फिफ्थ पिपुल्स अस्पताल पुगिन्। जाँचमा सुन देखियो। तर बालकलाई पेट दुख्ने वा बान्ता हुने समस्या भने भएन। सोही दिन सुन सफलतापूर्वक निकालियो।
‘कृपया आफ्नो सुन राम्रोसँग राख्नुहोस्, बदमास बच्चाहरूलाई कहिल्यै देख्न नदिनुहोस्,’ आमाले चेतावनी दिइन्।
यो कुरा सामाजिक सञ्जालमा भाइरल भएको छ। एकले प्रतिक्रिया दिँदै भनेका छन्, ‘तिनीहरू तुरुन्तै अस्पताल जानुपर्थ्यो। पाँच दिनसम्म पर्खे? लापरवाह!’ अर्कोले ठट्टा गर्दै ‘त्यो त सुगन्धित सुनको दाना हो’ भनेका छन्। एजेन्सी
प्रकाशित: १५ कार्तिक २०८२ ११:५७ शनिबार





