इसिडोर स्ट्रस र उनकी श्रीमती आइडा ती करिब १,५०० मानिसमध्ये थिए जसको मृत्यु १४ अप्रिल १९१२ मा टाइटानिक जहाज हिमखंडसँग ठोक्किएपछि भयो। जहाज साउथेम्प्टनबाट न्युयोर्क जाँदै थियो। दुर्घटनापछि केही दिनमै अटलान्टिकबाट उनीहरूको शव भेटिएको थियो र उनीहरूको सामानमा १८ क्यारेटको गोल्ड ‘जुल्स जर्गेन्सन’ पोकेट वाच पनि थियो।
यो घडी स्ट्रस परिवारकै संरक्षणमा थियो र शनिबार विल्टशायरको डेवाइजेसमा हेनरी अल्ड्रिज एन्ड सन अक्सनियर्समार्फत् लिलाम गरियो। स्ट्रस एक अमेरिकी व्यवसायी, राजनीतिज्ञ तथा न्युयोर्कको मेसिज डिपार्टमेन्ट स्टोरका सह–मालिक थिए। टाइटानिक दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सुनको पोकेट वाच नीलामीमा करिब १८ लाख पाउण्डमा बिकेको छ।
मानिन्छ कि दुर्घटनापछि आइडाले लाइफबोटमा बस्न अस्वीकार गरिन् किनकि उनले आफ्ना श्रीमानलाई छोडेर जान चाहिनन् र भनिन् कि उनीसँगै मर्न रुचाउँछु। आइडा स्ट्रसको शव कहिल्यै फेला परेन।
आइडाले जहाजमै बस्दा टाइटानिकको स्टेशनरीमा एउटा पत्र लेखेर पठाएकी थिइन्, जुन नीलामीमा १,००,००० पाउन्ड (करीब १.१७ करोड रुपैयाँ) मा बिक्रि भयो। टाइटानिकसँग सम्बन्धित स्मृति–चिह्नहरूको यस नीलामीबाट जम्मा ३० मिलियन पाउन्ड (करीब ३५२.३८ करोड रुपैयाँ) संकलन भयो।एजेन्सी
प्रकाशित: ७ मंसिर २०८२ ०९:२८ आइतबार





