५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

सानै छँदा कुटेको बदलामा हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

सोलुखुम्बु– मादक पदार्थ सेवन गरी बदलाको भावनाले ज्यान मार्नेलाई सर्बस्वसहित जन्म कैदको फैसला सुनाइएको छ। सोलुखुम्बुको गुदेल ७ चाचालुङमा कितापसिङ राईको हत्या गरेको अभियोगमा पक्राउ परेका छिरिङप्रसाद राईमाथिको अभियोग प्रमाणित गर्दै उनलाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएको हो।

जिल्ला अदालत सोलुखुम्बुमा न्यायाधिश दीपककुमार खरेलको इजलासले २१ वर्षका छिरिङप्रसादलाई कर्तब्य ज्यान मुद्दामा १५ बर्षको जेल सजाय सुनाएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद भट्टराईले जानकारी दिए। गत फागुन ७ गते राती कुटपिटको क्रममा ज्यान गएका ३३ वर्षका कितापसिङ राईकी श्रीमतिले दिएको जाहेरीका आधारमा ८ गते छिरिङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो।

छिरिङले अदालतसमक्ष बयानअनुसार ढोकाको आग्लो निकाली किताव सिंह भन्ने स्ांगमकुमार राईको टाउकोमा २÷३  चोटी प्रहार गरेको बताएका छन्। आफू सानै हुँदा ६÷७ वर्ष अगाडी त्यही क्षेत्रमा कुमार राईको घरमा सुती निदाएको अवस्थामा किताबसिंह राई भन्ने संगमकुमार राईले कुटेको बदलामा आफूले पनि कुटेको बताएका छन्। छिरिङले मार्ने योजना बनाउनु अघि अत्यधिक रक्सी पिएको स्वीकारेका छन्।

प्रकाशित: २८ जेष्ठ २०७२ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App