११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

बाैद्ध जाने बसमा ७५ हजार रुपैयाँ पाकेटमारी भाग्ने पक्राउ

काठमाडौं— यात्रुबसका यात्रुको पाकेटमारी भाग्दै गरेका काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची–९ का ३० वर्षीय सुरेश तामाङलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ। पाकेटमारीमा संलग्न काभ्रे घर वताउने २२ वर्षीय सुनिल लामा फरार छन्।नयाँ बसपार्कदेखि वौद्ध जाने बसमा चढेका उनीहरुले सोही बसमा सवार ताप्लेजुङ ओलाङचुङगोला–५ बस्ने ५१ वर्षीय कक्चुङ शेर्पाको ज्याकेटको खल्तीमा रहेको नगद ७१ हजार ५ सय रुपैयाँ काठमाडौं महानगरपालिका–२९ शिवमन्दिर नजिक पुग्दा पाकेटमारी गरी भागेका थिए। पकेटमारेको थाहा पाएपछि शेर्पाले चोर पक्रन आह्वान गर्दै चिच्याएका थिए।

प्रहरीले सुरेशलाई फेला पारी उक्त नगद वरामद गरेको छ। प्रहरीले फरार सुनिल लामाको खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७२ २१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App