३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

खुकुरी प्रहार गरेर साथीको हत्या

तेह्रथुम- थोक्लुङ गाबिस ३ मा आफ्नै साथीले खुकुरी प्रहार गरेर एक युवाको हत्या गरेका छन्। ताप्लेजुङ साब्राखु सल्लेरी स्थायी ठेगाना भइ हाल थोक्लुङ ३ स्थित सानीमाको घरमा बस्ने बर्ष ४५ का पदम पन्धाकको खुकुरी प्रहार गर्दा सोही ठाँउका ३३ बर्षका रमेश कन्दङवाको ज्यान गएको हो।


खानेपानीको पाईप मर्मत गर्न संगै गएका दुईजानको बाटोमा झगडा भए पछि पन्धाकले कन्दङवालाई टाउकोमा खुकुरीले हानेका थिए। खुकरी प्रहार पछि गम्भीर घाईते भएका कन्दङवालाई जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ। मृतकको पाँचथर अस्पतालमा पोष्टमार्टम गरिएको छ।
साथीलाई खुकुरी प्रहार गर्ने पन्धाक फरार भएकोले खोजी कार्यभैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदिप राज भण्डारीले बताए।

प्रकाशित: १७ फाल्गुन २०७२ ०७:०१ सोमबार