७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अरुको एटीएम कार्ड प्रयोग गरी चोर्ने पक्राउ

काठमाडौं– अरुको एटीएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने काठमाडौं महानगरपालिका–१० बानेश्वर चोकमा रहेको नबिल बैङकको एटीएम शाखामा सेक्युरिटी गार्ड गर्ने नुवाकोट चतुराले–४ घर भई म्हेपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ।


तामाङले अरुको एटीएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७२ ०३:५३ बिहीबार