३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

फरार तीन अपराधी पक्राउ

मुगु- पाँच महिना अघि देखि जिल्लामा सुरु भएको फरार अपराधि पक्राउ अभियानले सफलता प्राप्त गर्दै गएको छ। बिभिन्न मुद्दाको शिर्षकमा जिल्ला अदालतले कैद र जरिवाना सहित फैसला गरि फरार रहेका अपराधि प्रकाउ गर्न जिल्ला अदालतले बेला बेला प्रहरीलाई पत्रचार गरेपनि सुस्त रहेको प्रहरी प्रशासनले पाँच महिना अघिबाट सुरु गरेको अभियान अन्त्रर्गत पहिलो पटक तीन जना अपराधिलाई प्रकाउ गर्न सफल भएको हो ।


जिल्ला अदालतबाट सजाय तोकेर पनि साजाय नभोगी फरार हरेका अपराधिहरुलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा पाँच महिना अघिबाट शुरु गरिएको अभियानले कुटपिट तथा लुटपिटमा संलग्न भई जिल्ला अदालतले एक बर्ष कैद सहित ३९ हजार जरिवानको फैसला गरि फरार रहेका श्रीनगर गाबिस २ निबासि नन्दराज मल्ल र उनकी दोस्री श्रीमती तथा अर्काको क्रितेगरि जालसादी मुद्दा फरार अपराधी रोवा गाबिस १ निबासि देबि कृष्ण सेजुवाललाई १ बर्ष ५ महिना १२ दिन कैदको फैसला भई फरार रहेका तिनै जना लाई पाँच महिनाको अभियान अन्तर्गत पहिलो पटक पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सोम थापाले जानकारी दिए।

प्रकाशित: ११ फाल्गुन २०७२ ०५:०८ मंगलबार