कात्तिक २० गते कलैयाका गणपति इन्टरप्राइजेजका संचालक सुरज प्रसाद केशरीलाई अपहरण गरी ५० हजार रकम मागेको मुद्दाको अभियोगमा यादव फरार रहेका थिए। कलैयाका व्यवसायी केशरीले पिलुवाबाट ट्रेक्टरमा लोड गरी कलैयासम्म बिस्कुट ल्याउँदै गर्दा अपहरण गरी रकम असुल्न खोजेको आरोपमा यादवसँगै रहेका गणेश पटेल पक्राउ परे पनि सो घटनाको मुख्य योजनाकार रहेका यादव फरार भएको प्रहरीले जनाएको छ ।
मधेस आन्दोलनमा व्यवसायीहरुसँग रकम माग्ने र मागे जति रकम नदिने व्यापारीहरुलाई अपहरणसमेत गरी रकम माग्ने कार्यमा संलग्न रहेका यादवलाई निजको कलैया नगरपालिका ३ स्थित घरबाट पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले बताए। व्यवसायी केशरीको अपहरण गरी मोटरसाइकल चोरी गरेको मनहर्वा श्रीपुरमा रहेका रिलायन्स चिनी मिलसँग १० लाख रकम मागेको र चिनी मिलले मागे जति रकम नदिए पछि चिनी लोड गरेको तीनवटा ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका यादवलाई प्रहरीले चार महिनादेखि खोज्दै आएको शर्माले बताए।
पक्राउ परेका यादवको समुहमा भएको व्यक्तिहरुको बारेमासमेत अनुसंधान गरिने उनले बताए। बुधबार बिदा रहेकोले बिहीबार अदालतबाट अपहरण, आगजनी र चोरी मुद्दा म्याद थप गराई अनुसन्धान अघि बढाउने उनको भनाइ छ। अपहरण गरी मोबाइल र मोटरसाइकल आफ्नो नियन्त्रणमा लिई बन्दुक तेर्साएर ५० हजार रुपैया मागेको प्रहरीले बताएको छ।
प्रकाशित: २७ माघ २०७२ ०८:१४ बुधबार





