१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

चार कविको एउटै कविता

काठमाडौं- चालिसको दशकमा पञ्चायती शासनको चरम दवाव थियो। भनिन्छ सिर्जना अभाव र दमनमै सिर्जित हुन्छन्। त्यो बेला नेपाली साहित्य जगतमा निकै चहलपहल पाइन्थ्यो। कहिले स्वतन्त्रताको नाममा कविता कोरिन्थे त कहिले नाटक मञ्चन हुन्थे। कवि गोष्ठी पनि बाक्लै हुन्थे।


२०४१ सालतिर केही नया" काम गरौ भनेर कवि अशेष मल्ल, गगन विरही, दिनेश अधिकारी र विष्णुविभु घिमिरेले संयुक्त कविता रचना गरे। कविताको शीर्षक थियो 'एउटा बस्तीको कथा'। तर कविता लेखनमा सक्रियमध्ये दिनेश अधिकारी जागिरे भइसकेपछि त्यो पाण्डुलिपि त्यसै कतै कुनामा थन्कियो। पछि दिनेश अधिकारीले आफ्नो रचनाको पाण्डुलिपि खोतल्दै गर्दा चारै जनाले संयुक्त रुपमा कोरेको पाण्डुलिपि भेट्टाए।

२०५७ सालमा मधुपर्कमा यो कविता छापियो। त्यही संयुक्त कवितालाई शुक्रबार सर्वनाम नाटकघरमा पुनः प्रकाशन गरेेर पुस्तकको रुपमा विमोचन गरियो। संगीत नाट्य एकेडेमीका कुलपती सरुभक्त तथा कविहरु गीता त्रिपाठी, कपिल घिमीरे, मञ्जु का"चुलीले सयुक्त रुपमा विमोचन गर।

साहित्य जगतमा लामो कविता भनेर चिनिने यो कविताले ३० बर्ष पहिले लेखेकाले कुन पंक्ति आफूले लेखेको बिर्सिएको अशेषले बताए। चारवटा मन एउटै विचारहरु भएको बेलामा लेखिएको कविता चारवटै मनहरुको दस्तावेज महसुस भएको विष्णुविभुको धारणा थियो। कार्यक्रममा अशेष, विष्णुविभु र दिनेशले एक एक कविता अंश सुनाएका थिए भने उपस्थिति भएपनि अस्वस्थताका कारणले गगन विरहीले भने कविता वाचन गरेनन्।

कार्यक्रमको दोस्रो चरणमा 'एउटा बस्तीको कथा' कवितालाई मञ्चन समेत गरिएको थियो। सर्वनामका कलाकारहरुले तयार पारेको उक्त नाटकमा कौशल पण्डित, साधना भण्डारी, शिशिर सिवाकोटी, अर्पण बस्नेत, लगायतको अभिनय रहेको थियो।

प्रकाशित: ४ पुस २०७२ २१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App