५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

चरीलाई गोली हान्ने गुण्डा नाइके राधे पक्राउ

काठमाडाैं-राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ लाई प्रहरीले सोमबार धादिङबाट पक्राउ गरेको छ। धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा राधे परिचित छन्। चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीकाअाधारमा प्रहरीले राधेको खोजी गरेको थिए।

चरीको इन्काउन्टर हुनुभन्दा एकबर्ष अघि चरीसमेत सवार रहेको प्रहरीको गाडीमा गोली प्रहार गरेको भन्दै राधे बिरूद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी परेको थियो।

काठमाडाैँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले राधेलाई पक्राउ गरेर राजधानी पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपि) सविन प्रधानले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०७२ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App