पुरुष स्कोर फाइटिङको ५७ केजीमा नेपालका विवेक लामा दक्षिण कोरियाका किम जिउङ्गोसँग ४–१० स्कोर र ६३ केजीमा खगेन्द्र पुन मगर कोरियाकै किम जुन सियोङसँग ६–१० ले पराजित भए। नेपालले पहिलोपल्ट स्कोर फाइटिङमा प्रतिस्पर्धा गरेको हो।
त्यस्तै रिङ फाइटिङतर्फ ५१ केजीमा नेपालका प्रकाश विष्ट तुर्केमेनिस्तानका खेलाडीसँग पराजित भए।
एसियन किक बक्सिङमा नेपालले स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी रहेको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन्।
प्रकाशित: २० श्रावण २०७२ २०:२३ बुधबार





