४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

बेलायतबाट आएका युवा आधा किलो सुनसहित पक्राउ

काठमाडौं– बेलायतबाट कतारको दोहाहुँदै कतार एयरको जहाजबाट काठमाडौं ओर्लिएका एक युवा आधा किलोभनदा बढी सुन सहित पक्राउ परेका छन् ।


धापाखेलका ३५ वर्षीय मिलन चाम्लिङ्ग राईलाई हातेब्यागमा लुकाईछिपाई ल्याएको ६ सय ५२ ग्राम सुनसहित अन्तर्राट्रिय विमानस्थलबाट बुधबार प्रहरीले पक्राउ गरेको हो।

विदेश बसेर नेपाल फर्किंदा प्रतिव्यक्ति ५० ग्राम सुन साथमा ल्याउन पाउने राष्ट्र बैंकको कानुनी व्यवस्था भए पनि उनले बढी परिमाणमा सुन ल्याउँदा पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० श्रावण २०७२ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App