७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाडौं— धारिलो हतियार प्रहार गरी उदयपुरमा अफ्नै छोरा मार्नेलाई प्रहरीले पक्राउ गरेको छ।

 

उदयपुर बाँसबोटे–६ घर भई ढुङ्गे बस्दै आएका ४९ बर्षीय दलबहादुर राईलाइ छोरा हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। घरायसी विवादमा शनिबार अफ्ना १८ बर्षीय छोरा गम्भीरराज राईलाई धारिलो हतियार छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरी चौकी झिल्केबाट खटिएको प्रहरी टोलीले राईलाई आइतबार पक्राउ गरेको हो।

प्रकाशित: १७ श्रावण २०७२ ०३:३२ आइतबार