भैरहवा–गत सोमबार नेपालगञ्जको सुर्खेतरोडमा एक जनाको हत्या गरी फरार भएका चार अभियुक्त रुपन्देहीमा पक्राउ परेका छन। असार २८ गते सोमबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सुर्खेत रोडका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गर्ने चार जनालाइ रुपन्देही प्रहरीले दयानगरको पण्डितपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ५ का विवाद पाठक,सोही स्थानका मनिस चौलागाइ, वडा न ७ का हरी ओली र वडा न ८ का यम बहादुर बुढा रहेका छन। मानन्धरको हत्या गरी फरार भएका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक वीरबहादुर पुलामीको नेतृत्वमा खटीएको प्रहरी टोलीले दयानगरको पण्डितपुरमा लुकीछिपी बसीरहेकेा अवस्थामा बुधबार पक्राउ गरेको हो।
व्यक्ती हत्या गरी फरार अभियुक्त रुपन्देहीमा लुकीछिपी बसेको हुन सक्ने भन्ने बाँके प्रहरीको सूचना र समन्वयको आधारमा खोजी गर्दै जाँदा चारै जना अभियुक्तलाइ पक्राउ गर्न सफल भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताए। थप अनुशन्धान र आवश्यक कारवाहीकालागि अभियुक्तहरुलाइ आजै जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी प्रमुख ढकालले बताए।
प्रकाशित: ३१ असार २०७२ ०२:३० बिहीबार