२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्य

बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त?

७९ वर्षीय अर्बपति बेलायतका बेन्जामिन स्लेडसँग १३ सय एकड सम्पत्ति छ। जमेको शुक्रकीटको नौ महिनाको भण्डार छ। अब उनलाई मात्र 'राम्रो जन्म दिने' साथी चाहिन्छ।

उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि अर्ब बराबर सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्। यस हप्ता उनले आफ्नो खोजलाई नयाँ जीवन दिए। जसमा भावी दुलहीका लागि विचित्र सर्तसहित अफरको सूची सार्वजनिक गरे।

‘वृश्चिक राशि भएका, गार्जियनका पाठकहरू र ‘आई’ अक्षरबाट सुरु हुने वा झण्डामा हरियो रङ भएको देशका मानिसहरूले आवेदन नदिनुहोस्,’ स्लेडले भने। साथै, हेलिकप्टर चलाउने लाइसेन्स, बन्दुक चलाउने लाइसेन्स र कानुनी ज्ञान भएमा धेरै उपयोगी हुने बताए। थप नशा गर्ने वा मदिरा सेवन नगर्ने र कम्तीमा १६७ सेन्टिमिटर अग्लो हुनु पर्ने सर्त राखेका छन्।

उनका मुख्य आवश्यकतामा २० देखि ४० वर्ष कान्छी महिला हुनुपर्छ, जसले उनको सम्पत्ति भावी छोरालाई हस्तान्तरण गर्न मद्दत गरोस्। यदि उनको पहिलेदेखि छोरी छ भने पनि ठीक छ। ‘तपाईंलाई नयाँ गाडी चाहिन्छ भने नयाँ नै लिनुहोस्, पुरानो बिग्रिएको होइन,’ उनले बेलायती अखबार इन्डिपेन्डेन्टसँगको कुराकानीमा भने।

आफ्नो सम्पत्ति (मौन्सेल हाउस) का सातौं ब्यारोनेट स्लेड दशकौंदेखि छोराहरू जन्माउने श्रीमती खोजिरहेका छन्। उनले पहिलो श्रीमती पाउलिन माइबर्गसँग सन् १९९१ मा १७ बिरालो व्यवस्थापन नसकेको भन्दै सम्बन्धविच्छेद गरे। 

उनीहरूका सन्तान थिएनन्।

स्लेडकी पहिलो श्रीमती पाउलिन माइबर्गले सम्बन्धविच्छेदको कारण बताउँदा भनेकी थिइन्, ‘उनीसँग १७ वटा बिरालो थिए, म ती सबै बिरालोको हेरचाह गर्न सक्दिनँ भनेर छोडेकी हुँ।’

सफल इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) पछि सन् २०२१ मा अमेरिकी कवि सहारा सन्डे स्पेनसँग एक छोरी भइन्। तर त्यो विवाह पनि टिक्न सकेन्। दुई विवाह गरेका उनले बच्चासँग सम्पर्क गर्न पाएका छैनन्।

‘यो अविश्वसनीय छ कि जे भयो त्यो सबै पछि, ऊ अझै पनि बच्चा चाहने बारेमा कुरा गरिरहेको छ,’ स्पेनले डेली मेललाई भनिन्। नयाँ महिलाले वार्षिक ५० हजार ब्रिटिश पाउन्ड (करिब ९६ लाख नेपाली रुपैयाँ) तलब पाउनेछिन्, जसमा बसोबास, खाना, गाडी र छुट्टी पनि समावेश छ। तर स्लेड आर्थिक तरलतामा समस्या झेलिरहेका छन्। उनी हुनेवाला श्रीमतीसँग आफ्नै सम्पत्ति भए राम्रो मान्छन्।

‘थोरै निजी पूँजी र आम्दानी उपयोगी हुन्छ। ठूलो सम्पत्ति अझ बढी उपयोगी हुन्छ!’ उनको बिहेको विज्ञापनमा लेखिएको छ।

उनले सन् १७७२ देखि परिवारको स्वामित्वको भव्य आफ्नो सम्पत्ति (मौन्सेल हाउस) विलासी होटल समूहलाई बेच्न वार्ता गरिरहेका छन्। उनी पहिले विवाह र फोटोशूटका लागि मौन्सेल हाउस भाडामा दिएर राम्रो कमाइ गर्थे।

तर कोभिड-१९ महामारीले सबै बुकिङ रद्द भएपछि उनको त्यो आम्दानी पूरै बन्द भयो। त्यसैले उनको आर्थिक अवस्था अहिले पहिलेको जस्तो राम्रो छैन। एजेन्सीकाे सहयाेगमा 

प्रकाशित: २१ मंसिर २०८२ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App