१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

१० सेक्स गन्तव्य

डोमिनिकन रिपब्लिक
क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमिनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ। यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरहेका छन्। यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेका अनुमान छ। यौन बजारमा 'पसल थाप्न' हाइटीदेखिका महिला पनि डोमिनिकन रिपब्लिक पुग्ने गरेका छन्।
डोमिनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन। यद्यपि, उमेर नपुगेकासँग सेक्स गर्नुलाई भने यहाँ अपराध मानिन्छ। दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन्। अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ।
 
कम्बोडिया
देहव्यापारविरुद्ध कडा कानुन भएका मुलुकमध्ये एक हो, कम्बोडिया। तर, यसको कार्यान्वयन पक्ष ज्यादै फितलो छ। जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ। र, विदेशी पर्यटक यसतर्फ आकर्षित भएका छन्। यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकार मुद्दा बन्न पुगेको छ।
कम्बोडिया संसारकै गरिब राष्ट्रहरूमा पर्छ। त्यहाँको तलब दर अत्यन्तै कम छ। चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन्। नवकिशोरीको 'भर्जिनिटी' सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन्। यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्ति गर्ने गन्तव्य बनाउने गरेका छन्।
 
नेदरल्यान्ड्स
यौन व्यवसाय गरिब मुलुकमा मात्रै फस्टाउँदैन। नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ। सरकारले देह व्यापारीका लागि छुट्टै 'रेड लाइट एरिया' तोकेको छ, जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गएर यौन सन्तुष्टि खरिद गर्ने गरेका छन्।
आम्सटर्डममा रहेको 'रेड लाइट एरिया'मा पर्यटकका लागि यौनकर्मीले 'सेक्स सप', 'पिप शो', 'स्ट्रिप क्लब'लगायत सञ्चालन गरेका छन्। त्यस्तै होटल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रशस्तै छन्। यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाव बेहोर्नुपर्दैन। यौन सन्तुष्टि खरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ देखि सय युरोसम्म खर्च गर्नुपर्छ।
 
केन्या
Screenshot-2014-07-04-02-16-48
केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ। यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित र नवकिशोरी छन्। केन्याको यौन बजार असुरक्षित मानिन्छ। यहाँका यौनकर्मीमा एचआईभी एड्सको अवस्था भयावह छ। भिरंगीलगायत यौनरोगबाट ग्रस्त यौनकर्मीको संख्या पनि यहाँ धेरै छ।
१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन्। जुनसुकै उमेर समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यति उत्साह देखाउने गरेका छैनन्। केन्याली यौनकर्मीले दिनमा पाँचजना ग्राहकसम्मलाई सेवा दिने गरेका छन्। यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन।
 
फिलिपिन्स
फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ। यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ। तर, पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ। फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन्। तीमध्ये अधिकांश 'बार गर्ल'को आवरणमा सक्रिय छन्। पश्चिम एसिया र पश्चिमी राष्ट्रका व्यापारी फिलिपिनी यौनकर्मीका आकर्षक उपभोक्ता हुन्।
फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पनि पुग्ने गरेका छन्। एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेकोे देखाएको छ।
 
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि अहिलेको चर्चित सेक्स बजारमध्येमा पर्छ। दलाली गर्न जान्नेले ज्यादै सस्तोमै कोलम्बियाली यौनकर्मीबाट सेवा लिन सक्छन्। त्यसैले लागुऔषधका लागि प्रसिद्ध यो मुलुकमा कम पैसामा यौन सेवा लिने उद्देश्यले पर्यटक पुग्ने गर्छन्।
उपभोक्ता ह्यान्डसम छ र ऊसँग भाउ घटाउन पहल गर्ने राम्रो खुबी छ भने कोलम्बियाली यौनकर्मीले ज्यादै कम मूल्यमै सेवा उपलब्ध गराउने गरेको धेरै पर्यटकको अनुभव छ। कोलम्बियाली युवती ज्यादै सुन्दर हुन्छन्। त्यसैले पनि त्यहाँको यौन बजार दिनदिनै चर्चित बन्दै गएको छ।
 
इन्डोनेसिया
sex-tourism
बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो। त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ।
इन्डोनेसियामा यौन व्यवसाय कानुनी रूपमा वर्जित छ। नैतिक दृष्टिकोणले समेत यसलाई त्यहाँ ज्यादै तल्लो स्तरको पेशा मानिन्छ। यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ। कानुनी रूपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन्।
 
स्पेन
स्पेनका म्याड्रिड, बार्सिलोनाजस्ता शहर यौन सन्तुष्टि खोज्नेका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन्। यहाँको नाइट लाइफ ज्यादै भव्य छ। देहव्यापारलाई कानुनी मान्यता दिइएकाले युरोपभरिमै स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ।
म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून् भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ। स्पेनको यौन बजारमा स्पेनिसभन्दा बढी दक्षिण अमेरिकी नागरिक सक्रिय छन्। त्यसमध्ये प्रायः सबै महिला छन्।
 
ब्राजिल
Thailand-Sex-Tourism
ब्र्राजिलको जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समद्री किनार र अनेक पर्वमा यौनको परिकार पनि थपिएपछि संसारभरिका विलासी मानिसले यी सबैको एकैपटक सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन्। ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौन बजार मानिन्छ। यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउँछन्। पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरिबाट यौनकर्मी ब्राजिल पुगेका थिए।
 
थाइल्यान्ड
prostitutioninthailand
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो। यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ। समलिंगीका लागि समेत त्यहाँ खुला छ।
बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन्। नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ। बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम 'न्युड शो' चलिरहेको देख्न पाउँछन्। त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन्। त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ। कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो।

प्रकाशित: १८ मंसिर २०७१ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App