११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

'मिस्ड कल'माथि गीत

'मिस्ड कल' गरेर दुःख दिनुभन्दा 'कल' नै गर्नु जाती ठान्छिन्, अभिनेत्री सुष्मा कार्की। गायत्री थापाको 'लोक पप' गीत 'फोन गर मायालु मिस कल नगर'को म्युजिक भिडियोमा नाच्दै गर्दा उनले यस्तो बताएकी हुन्। 
आफूलाई पनि धेरैले मिस्ड कल गरेर तनाव दिने गरेको बताउँदै गीतकार थापाले सान्दर्भिक गीत लेखेको बताइन्। डब्बु क्षत्री निर्देशित उक्त गीतको भिडियोमा सुषमा कार्की र गजित विष्टले अभिनय गरेका छन्। गीत सुन्दै नाचौँ–नाचौँ लाग्ने भएकाले आफूले मोडलिङ गरेको विष्टले बताए। म्युजिक भिडियो निकै राम्रो बनेको अभिनेत्री कार्कीले जानकारी गराइन्। भिडियोको कोरियोग्राफी राशि भण्डारीले गरेकी हुन्।

प्रकाशित: ११ मंसिर २०७१ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App