५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

तीन करोड फिरौती माग्ने अपहकरणकारी पक्राउ

विराटनगर— राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी रु तीन करोड फिरौती रकम माग्ने दुई भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ।

पक्राउ पर्नेमा सुनसरी तनमुना–८ का ३६ वर्षीय हरेश चौधरी, सोनापुर–९ का ३० वर्षीय अनिल चौधरी तथा भारत फार्विसगन्ज मझुवा बस्ने २५ वर्षीय प्रदीप विश्वास र विहार नरपथगन्ज थाना बस्ने २४ वर्षीय मनोज यादव छन्।

उनीहरु सबैलाई सुनसरीको साहेबगन्जवाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । गत जेठ २१ गते कार्यालयबाट सुनसरीको दुहबी घर जाने क्रममा मोरङको टङ्कीसिनवारीबाट साह अपहरणमा परेका थिए ।

अपहृत चार्टर्ड एकाउन्टेन्ट साहलाई प्रहरीले शनिबार राति भारतीय सीमा जोडिएको सुनसरीको साहेबगन्जबाट अपहरणकारीबाट मुक्त गराउन सफल भएको प्रहरी उपरीक्षक पोखरेलले बताए। अपहरणकारीले साहलाई मोरङ तथा सुनसरीका विभिन्न सीमावर्ती भारतीय क्षेत्रमा राखेको अवस्थामा प्रहरीको खोजबिन तीव्र बनाएपछि साहेबगन्जमा लुकाइराखेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभु ढकालको नेतृत्वमा खटिएको टोलीले अपहरणकारीलाई पक्राउ गरेको हो । अपहरणकारीमध्ये चार नेपाली तथा दुई भारतीय फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ असार २०७१ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App