सुरुका गेम घरमै हेरिए पनि अन्तिमतिरका गेम साथीभाइसँग ठूलो स्त्रि्कनमा बाहिर हेर्ने योजना छ। बिहानका गेम ‘अड' समयमा भएकाले त्यति हेर्दिनँहोला। बेलुकाका गेम भने सबै हेर्नेछु। कुनै पनि टिम र खेलाडीलाई सपोट गर्नका लागि नभई खेलमा रमाउनका लागि विश्वकप हेर्नेछु। ३२ वटै टिम एक से एक छन्। त्यसैले यसै टिमले जित्छ भन्ने अनुमान अहिले नै लगाउन चाहिँ गाह्रो छ।
विश्वकप मजाले हेरिन्छ। अरू खेलकुदमा त्यति ध्यान नदिए पनि विश्पकप फुटबल नछुटाई हेर्छु। म त यसै पनि बिहान सुत्ने मान्छे। गेमको समय तालिका त मेरै लागि बनेको जस्तो पो छ। बिहानको समय मेरा लागि उपयुक्त हुनेछ। बेलुकाको हेर्ने नै भएँ। टिम र खेलाडी भने मलाई खेल हेर्नै जाँदा मन पर्छन्। जसले राम्रो खेल्यो, त्यसैले जित्छ।
साथीभाइसँग रमाइलो गर्दै विश्वकप हेर्ने योजना छ। म त पहिलेदेखि ब्राजिलको फ्यान। यसपालि पनि त्यसलाई नै समर्थन गर्नेछु। ब्राजिलको टिम र त्यसका खेलाडी नेइमारले राम्रो खेलून्। र, विश्व कप ब्राजिलले नै जितोस् भन्ने मेरो चाहना छ। जित्छ पनि।
दिनभरि काम गर्ने, रातभरि फुटबल हेर्ने। गेमबारे अपडेटेड हुनका लागि पनि खेल हेर्नैपर्ने हुन्छ। बिहान र बेलुका भन्ने छैन। सबै गेम नछुटाई हेर्नेछु। जर्मन टिमको समर्थक हुँ म। मिरोस्लाभ क्लोज मलाई मन पर्ने खेलाडी हुन्। र, यसपालिको विश्वकप जर्मनीले नै जित्छ।
राधाकृष्ण धिताल, पत्रकार
विश्वकप फुटबल घरभन्दा बाहिर हेरिन्छ होला। सबै साथीभाइ एउटै ठाउँमा जम्मा भएर गेम हेर्नुको मजा बेग्लै हुन्छ। सन् १९९८ देखि मैले विश्वकप हेर्न थालेँ। त्यसबेलादेखि नै म अर्जेन्टिनाको फ्यान हुँ। यसपालि पनि त्यसै टिमलाई समर्थन गर्छु। मेसी मेरा मन पर्ने खेलाडी हुन्। अर्जेन्टिनी टिमका खेलाडीको खेल प्रदर्शन देखेर यसपालिको विश्वकप अर्जेन्टिनाले जित्ला जस्तो छ। तर, ब्राजिलको सम्भावना पनि बलियो छ।
प्रकाशित: १ असार २०७१ ०४:१६ आइतबार

