२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

जोसेफ ब्याडमिन्टन च्याम्पियन

काठमाडौं– एपिएफ क्लबका जोसेफ अधिकारीले शनिबार खुला ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलको ट्रफी जितेको छ।विशालनगर पुस्तकालय र धुम्बाराही ब्याडमिन्टन सेन्टरले संयुक्त आयोजना गरेको प्रतियोगितामा जोसेफले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई २३–२१, १९–२१, २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन् थिए। जोसेफले १६ हजार र नवीनले ८ हजार पुरस्कार पाए।
एपिएफकै विशाल श्रेष्ठ र कविता कार्कीले मिक्स डबल्समा सफलता पाए। एपिएफका भूमिबहादुर गुरुङ र सुवास श्रेष्ठको जोडी भेट्रान डबल्सतर्फ च्याम्पियन भयो। मेन्स डबल्समा मकवानपुरका सुनील श्रेष्ठ र अभिषेक बोसको जोडी विजयी भयो। माई फस्ट गेममा नक्सालका राजेश खतेर र हरिओम गुप्ताले बाजी मारे।
मेन्स डबल्समा सुनील र अभिषेकले बसुन्धराका राम बानियाँ र श्याम नेपालीलाई २०–२२, २१–१५, २१–१३ ले हराए। विशाल र कविताले मिक्स डबल्स फाइनलमा एपिएफकै बिना तुलाचन र राजीव दाहालमाथि ९–२१, २१–१९, २१–१५ को विजय पाए। भेट्रानमा भूमि र सुवासको जोडीले जोरपाटीका सुदीप बुढाथोकी र मणि कन्दङ्वालाई २१–१८, २१–१२ को सेटले हराए। 
माई फस्ट गेममा राजेश र हरिओमले गंगटा युथ क्लबका रत्नबहादुर गुरुङ र सुरेन्द्र अधिकारीलाई २१–१९, २१–१७ को सोझो सेटमा हराए।
डबल्सका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए। ५ स्पर्धामा कुल १ लाख २५ हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ। विजेतालाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०७१ २०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App