८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

काठमाडौंका भित्तामा अर्बान चित्रकला

काठमाडौं– राजधानीका भित्ताहरुमा विभिन्न सन्देशमूलक चित्र कोर्ने अभियानलाई फ्रान्सेली केन्द्रले निरन्तरता दिएको छ। शुक्रबार र शनिबार केन्द्रमा भएको ‘रुटडाउन फेस्टिभल' अन्तर्गत पनि विभिन्न चित्रकला पर्खालमा कोरिएका छन्।‘दुईदिने प्रदर्शनीको अवधिमा नेपाल र फ्रान्सका कलाकारहरुले फ्रान्सेली केन्द्रको पर्खाल रंगाएका थिए। हामीले अर्बान आर्टलाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरेका हौं। यो आर्टले भित्ताहरुलाई सजाएर शहरलाई जीवन दिन्छ,' केन्द्रका उपनिर्देशक प्रवीण राणाले भने। 

महोत्सवमा भिडियो म्याचिङ, कविता वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। सांगीतिक कार्यक्रममा डिजे मिसिल, भिजे नाई ब्लेन, छिरिङ र लेजी मोङ्क लगायत नेपाली र फ्रेन्च कलाकारले प्रस्तुति दिएका थिए। 

चिफुमा, हलु, आर्टल्याब, सुदीप र सत्यालगायत कलाकारहरुको समूहले चित्रकलाहरु भित्तामा कोर्ने काम गरेका थिए। ‘कलर काठमाडौ' शीर्षक अन्तर्गत भिडियो म्याचिङसमेत प्रस्तुत गरियो। ‘शहर सुन्दर बनाउने अभियानका साथ यो प्रदर्शनीमा सहभागी भएका हौं। कुनै पनि पर्खालमा चित्र कोर्दा विभिन्न सन्देश र विषय अनुसार सिर्जनाहरु प्रस्तुत गरिरहेका छौं। चित्रकलाका रुचि भएकाहरुले सजिलोसँग सन्देशलाई बु‰न सक्ने हुन्छ। यसबारे हामी कार्यशाला समेत गरिरहेका छौं,' कलाकार सन्दीपले भने। 

राजधानी घुम्न आएका लुइस बेर्गट र उनका साथीसमेत प्रदर्शनीमा सहभागी भएपछि राजधानीका भित्तामा चित्र कोर्न उत्साहित भएका छन्। ‘फ्रान्सका भित्ताहरुमा देखिने चित्रकलाहरु नेपालमा समेत देखेपछि चित्र बनाउन उत्साहित भएका हौं। फ्रान्स फर्कनुअघि काठमाडौंका भित्तामा चित्र तयार गर्नेछौं,' लुइसले भने।

प्रकाशित: १० जेष्ठ २०७१ २१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App