पोर्टल्यान्ड– बिहीबारदेखि यहाँस्थित रोस सिटी कभर्ड हलमा सुरु भएको रोस सिटी फुटसल प्रतियोगितामा स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दो विजयी भएको छ। आफ्नो पहिलो खेलमा हलिउड तेक्वान्दोले स्ट्रिट डग टोलीलाई ९ का विरुद्ध १० गोलले पराजित गरेको थियो।पासाङ शेर्पाको नेतृत्वमा रहेको नेपाली खेलाडीहरूको टोली मध्यान्तरसम्म ६–४ले अगाडि थियो।
जुनको पहिलो साता सम्म चल्ने प्रतियोगितामा २५ टोलीको सहभागिता छ।
प्रकाशित: ३० फाल्गुन २०७० ००:५७ शुक्रबार