धिरापुर–६ बस्ने अघनु मुखियाकी छोरी १७ वर्षीया दुरबीकुमारी मुखियाको शव आज बिहान आफनै घरमा झुन्डिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
गएराति २ बजेतिर छिमेकबाट बिहेको भोज खाएर आएकी युवती मुखिया आफ्नै ओढनी (सल)को पासो लगाएर आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा बिहान मृत फेला परेको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए।
मृतक युवती मुखियाको बुबा अघनु मुखियासहित परिवारजनले छोरी के कति कारणले झुन्डिएको सो बारे केही थाहा नभएको बताएका छन् भने प्रहरीले घटनालाई रहस्यमय भन्दै सत्यतथ्य जानकारीका लागि शव शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक हवाडीले बताए।
यसअघि एक महिनाअधि पनि धिरापुर–९ मा एक १४ वर्षीया बालिकालाई अज्ञात व्यक्तिले निजकै घरमा हत्या गरी झुन्ड्याइ दिएको थियो।
प्रकाशित: २८ फाल्गुन २०७० २३:२० बुधबार





