यसैगरि एपिएफका पंकज चन्दले एपीएफकै दिलेन्द्र पुनलाई २१–६, २१–१८ ले,
एपीएफका सुदिप सेढाईले पुलिसका बिष्णु कटुवाललाई ११–२१, २१–१३, २१–१२ ले, एपीएफका विशाल प्रधानले पुलिसका विजित थापामगरलाई २१–११, १८–२१,२१–१९ ले हराए। महिला सिंगल्समा आर्मीकी सरादेवी तामाङ्गले आफनै क्लबकी श्रेया प्रधानलाई २१–१३, २१–१० ले, आर्मीकी नङसलदेवी तामाङले आफनै क्लबकी अमिता गिरीलाई २१–१२, २१–१३ ले हराईन।
एपीएफका सविना पन्थीले इलामका सुलोचना भक्तराजलाई २१–६, २१–९ ले, एपीएफकी शिक्षा श्रेष्ठले कास्कीका पुनम गुरुङ्गलाई २१–१२, २१–८ ले पराजित गरिन्।
महिला डबल्समा सरादेवी र नङसलादेवी तामाङको जोडीले गुल्मीका सुजा राई र पूर्णिमा राईको जोडीलाई २१–११, २१–७ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे। गर्ल्स यु–१७ तर्फ आर्मीकी जेसिका गुरुङले नवलपरासीका ज्योती बोहरालाई १९–२१, २१–११, २१–१३ ले, एपीएफका अनु राईले आर्मीकी श्रेया प्रधानलाई २१–१९, २१–१० ले र आर्मीकी रसिला महर्जनले नवलपरासीका दिक्षा भण्डारीलाई २२–२०, २१–१२ ले हराईन।
ब्वाइड डबल्समा आर्मीका रत्नजित र राम राईको जोडी, काठमाडौंका रेशम पुन र कृष्ण गुरुङ्गको जोडी, एपीएफका सहदेव खड्का र राम लामाले जित हात पारे।
गुल्मीका महेश काउचा र सुरेन्द्र बुढाथोकी, एपीएफका इन्द्र महता र पंकज चन्दको जोडी, कास्कीका बिशाल हिराचन र दिपेश श्रेष्ठ तथा पुलिसका विष्णु कटवाल र विजित थापामगरको जोडीले बुधबार सफलता प्राप्त गरे।
अन्य जित हात पार्ने जोडीमा ललितपुरका देवराज बज्राचार्य र सुमित महर्जन, गुल्मीका राम बानियाँ र पदम राना, एपीएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी थिए। एपीएफका अभिषेक बोस र सुनिलकुमार श्रेष्ठको जोडी, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडी, आर्मीका दिपेश धामी र सरोज महर्जनको जोडीले पनि जित हात पादै अर्को चरण प्रवेश गरेका छन्।
प्रकाशित: ७ फाल्गुन २०७० २१:०६ बुधबार





