पश्चिमाञ्चलका सरन थापाले ८, प्रेम गुरुङले ७ र बासु गुरुङले ६ गोल गरेका थिए। एपिएफबाट विपिन श्रेष्ठले ८ गोल गरे। त्रिभुवन आर्मी मध्यमाञ्चललाई ५१–२१ ले हराउँदै तेस्रो भयो। कुल ४५ गोल गरेका आर्मीका अमर श्रेष्ठ शीर्ष गोलकर्ता बने। एपिएफका मनोज ठगुन्ना उत्कृष्ट खेलाडी भए।
सातौं संस्करणको महिला फाइनलमा विभागीय टोली एपिएफले पूर्वाञ्चललाई १३–९ गोलले हरायो। उत्कृष्ट खेलाडी भएकी उमा राईले ४ गोल गरिन्। पूर्वाञ्चलबाट निशा राईले ३ गोल गरिन्। एपिएफकी बन्दना राई सर्वाधिक गोलकर्ता भइन्। उनले १३ गोल गरेकी थिइन्। त्रिभुवन आर्मीलाई ६–१ ले हराउँदै पश्चिमाञ्चल तेस्रो भयो।
विजेतालाई सभासद डिबी नेपाली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, जिल्ला अध्यक्ष सुमन देवकोटा, नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कृत गरेका थिए।
प्रकाशित: २६ पुस २०७० २१:३२ शुक्रबार

