काठमाडौं— एभरेष्ट इन्स्योरेन्स ठगी प्रकरणका फरार अभियुक्त जगदीश अग्रवाल र गोपाल अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अग्रवालद्वयलाई केही बेरअघि पक्राउ गरेको हो।
दुई करोड ५० लाख रुपियाँ ठगीको आरोपमा उनीहरुलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ। निजी प्रयोजनका लागि २ करोड पचास लाख उनान्नब्बे हजार पाँच सय रुपियाँ खर्च गरी कम्पनीबाट भुक्तानी बुझी लगानीकर्तासमेतलाई प्रत्यक्ष असर पारी ठगी गरेको प्रहरीको दावी छ।
एभरेस्ट इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठ र उनका मतियार कम्पनीका तत्कालीन महाप्रबन्धक अनिल ढुङ्गेललाई सिआइबीले यसअघि नै पक्राउ गरिसकेको छ।
प्रकाशित: १२ पुस २०७० ०१:५३ शुक्रबार





-600x400.jpg)