६ मंसिर २०८३ आइतबार
image/svg+xml
अपराध

माइक्रोबस चोर्ने दुई युवा पक्राउ

काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलङ्की बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई काठमाडौंको स्वयम्भू बस्ने विशाल लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो। माइक्रोबस हराएपछि परेको उजुरीका आधारमा प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा मंसिर २ गते कलङ्कीबाट चोरी भएको माइक्रोबस बरामद गरिएको प्रहरीले जनाएको छ। माइक्रोबस चोरीमा संलग्न रहेको आरोपमा तामाङ र लामालाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १८:३८ आइतबार