लण्डन स्थित सगरमाथा डोजाङ्गका अध्यक्ष समेत रहेका राई आफ्नो पाँच दिने पोर्टल्यान्ड बसाइमा नेपा चेन (नेपाल हाउस) को आयोजनामा हुने वार्षिक फुटबल प्रतियोगितामा मुख्य अतिथिका रुपमा उपस्थिति जनाउनेछन्। त्यस्तै पोर्टल्यान्ड स्थित नेकुसिंह मेमोरियल थिएटरमा हुने सांस्कृतिक कार्यक्रममा पनि उनी प्रमुख अतिथिका रुपमा रहने छन्।
फुटबल प्रतियोगितामा क्लालिफोर्निया, वासिङ्टन र ओरेगन राज्यका टोलीहरूको सहभागिता रहने छ। सांस्कृतिक कार्यक्रममा सियाटल, वासिङ्टन र ओरेगन राज्यका सांगितिक समूह (व्याण्ड)हरूले प्रदर्शन गर्ने भएका छन्। उक्त अवसरमा स्थानीय नेपालीहरूले नेपालका परम्परागत नृत्य प्रदर्शन गर्ने छन् । त्यस अवसरमा नेपाली खाना उपलब्ध गराइने कार्यक्रम रहेको छ।
सन् २००० बाट नियमित रुपमा संचालन हुदै आएको अन्तराष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको पछिल्लो संस्करण गत वर्ष अक्टोबरमा पोर्टल्यान्डमा सम्पन्न भएको थियो।
अमेरिकामा तेक्वान्दो स्कुल संचालन गर्दै आएका नेपाली दिवाकर डान महर्जनको अग्रसरतामा हुदै आएको प्रतियोगिताको आगामी संस्करण सन् २०१४ को जुलाई २६ देखि २७ सम्म लण्डनमा हुने भएको छ । त्यसका लागि राष्ट्र राइसँगै लण्डन स्थित जेन मार्सल आर्ट्स एकाडेमीका अध्यक्ष ग्रान्ड मास्टर इन्द्र गुरुङ्गलाई संयुक्त रुपमा संयोजक बनाइएको छ।
प्रकाशित: ८ मंसिर २०७० ०९:४८ शनिबार


-600x400.jpg)


-600x400.jpg)