४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

घूस लिँदालिँदै पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बालुवा गाविसका कार्यालय सहायक (खरिदार) विजयकुमार विष्टलाई घूस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ।
अख्तियारबाट खटिएको टोलीले लगतकट्टा गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय काठमाडौंलाई सिफारिस बनाइदिएबापत सेवाग्राहीबाट ९ हजार रुपैयाँ घूस लिँदै गर्दा विष्टलाई पक्राउ गरेको हो।  उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०७० २२:०३ मंगलबार