९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

पाँच महिनामा बीस बलात्कार

विराटनगर, पुस २२- महिला हिंसासम्बन्धी घटनाहरु मोरङमा दिनप्रतिदिन बढ्दै गएको छ। महिलामाथि हुने गरेका कुटपिट, घरेलु हिंसाको बारेमा जिल्ला प्रहरी कार्यालय मोरङमा दैनिक दर्जनौँ उजुरी पर्ने गरेका छन्।
उक्त उजुरीपछि दुवै पक्षलाई राखेर मिलापत्र गराइदिने, मिलापत्र नगरेमा कानुनी उपचारतर्फ अग्रसर हुन प्रेरित गर्ने काम जिल्ला प्रहरी कार्यालय मोरङ महिला सेलबाट भइरहेको छ।
मोरङमा चालु आव २०६९/७० का पाँच महिनाको अवधिमा २० वटा बलात्कारका घटना भएका छन्। यी घटनामा दोषीलाई पक्राउ गरी कारबाही गर्न मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।


गत साउनदेखि मङ्सिर महिनासम्म नौजनाले विष सेवन गरी आत्महत्या गरेका छन् भने ३९ जनाले झुन्डिएर आत्महत्या गरेको बताइन्छ। यसरी आत्महत्या गर्नेमध्ये महिलाको सङ्ख्या बढी रहेको छ।


मोरङमा महिलामाथि हुने हिंसा एवम् अत्याचारको सिलसिला निकै बढेको छ। यसलाई कम गर्न राज्यपक्षले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अधिकारकर्मीको भनाइ छ। रासस

प्रकाशित: २१ पुस २०६९ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App