७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

भूमिकामात्रै हिट

फिल्म खेलेपछि हिरोइन त सबै हुन्छन्। फिल्म नखेल्दै हिरोइन बन्ने सौभाग्य पाएकी हुन्, प्रियंका कार्कीले। अमेरिकाबाट नेपाल टेक्नेबित्तिकै कार्कीलाई फिल्ममा 'हिरोइन' बनाउनेको लहर चल्यो। अहिले थाहा भयो- उनी फिल्ममा पनि 'हिरोइन'कै रूपमा देखिएकी छिन्। केही समयअघिमात्रै रिलिज भएको उनीद्वारा अभिनीत पहिलो फिल्म 'थ्री लभर्स'मा उनी चर्चित अभिनेत्रीको भूमिका छिन्। आगामी माघमा रिलिज हुने दोस्रो फिल्म 'कलिउड'मा त कथा नै हिरोइनको जो छ। त्यसैले उनी केहीले भन्ने गरेको नेपाली फिल्म क्षेत्र 'कलिउड'की एउटी हिरोइन हुनेछिन्। दुइटै फिल्ममा समानता पनि छ, उनी सफल हिरोइनका रूपमा देखिएकी छिन्। तर, यता वास्तविक जीवनमा भने उनी सफल हुन सकिनन्। पहिलो फिल्म नै फ्लप भएपछि सफल हिरोइन हुने कुरा अभिनयमा मात्रै सीमित हुन्छ कि भनेर कुरा काटिन थालेको छ। त्यसैले हालै एक कार्यक्रममा उनले भनिन्, 'कलिउडमा चाहिँ देखाएकी छु।' यसको अनर्थ नलगाउँदा उनले क्षमता देखाएको भन्ने खोजेकी हुन्। फिल्म सफल हुन त देखाउनेले देखाएर मात्रै हुँदैन, हेर्नेले हेर्न पनि आइदिनुपर्छ।

प्रकाशित: २१ पुस २०६९ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App