१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

बिकिनी वाक्सिङ

भीडमा फरक देखिन, नोटिस हुन कसलाई मन पर्दैन र? सिंगारिनु र सजिनु महिलाका प्रिय काम हुन्। आजकालका महिला फेसनप्रेमी छन्। उनीहरू आकर्षक देखिन जस्तोसुकै प्रयोग गर्न पनि तयार छन्। अरूले आफ्नो र आफूले लगाएको पहिरनको तारिफ गरिदिऊन् भन्ने चाहना सबै महिलाको हुन्छ। अहिले क्लिभेज (दुई स्तनबीचको भाग) देखाउने फेसन चलेको छ। बिकिनी वाक्सिङ गर्ने चलन पनि त्यत्तिकै बढेको छ। 
छोटा लुगा या साइड क्लिभेज प्रदर्शन गर्ने खालको पहिरन लगाउन चाहनुहुन्छ भने आफ्नो छालाको चमकलाई विशेष ध्यान दिनुपर्छ। अन्यथा तपाईं भद्दा देखिनुहुनेछ। अहिले धेरै महिला बिकिनी वाक्सिङ रुचाउन थालेका छन्। आफूलाई सेक्सी देखाउन मोडल र अभिनेत्रीहरू शरीरलाई चम्किलो बनाउँछन्। शरीरका गोप्य अंगमा गरिने वाक्सिङलाई बिकिनी वाक्सिङ भनिन्छ। यस प्रक्रियामा शरीरमा रहेका अनावश्यक रौं हटाउने गरिन्छ।
पहिले ब्युटीपार्लरहरूमा यस्तो सुविधा उपलब्ध थिएन। अहिले अलिक ठूला पार्लरमा बिकिनी वाक्सिङको सुविधा छ। केही महिला स्वस्थ रहन पनि बिकिनी वाक्सिङ गर्छन् भने कोही सेक्समा आफ्नो पार्टनरलाई आकर्षित गर्न र उसलाई नयाँ र मीठो अनुभूति दिन बिकिनी वाक्सिङ गर्छन्। यसलाई ब्राजिलियन बाक्सिङ पनि भनिन्छ।
सेक्सी पहिरन लगाउन बिकिनी वाक्सिङ गर्नु जरुरी छ। कलेज जाने युवती हुन् या कामकाजी महिला, आफूलाई सहज राख्न यसखाले वाक्सिङ गर्छन्। मोडल र अभिनेत्रीहरू भेराइटी आउटफिटहरु प्रयोग गर्न पनि बिकिनी वाक्स जरुरी ठान्छन्।
बिकिनी वाक्सले शरीर रौंरहित हुने गर्छ र छाला मैनजस्तो नरम र नयाँ भएर चम्किन्छ। छालामा चमक आएमा सेक्सी र हट लुक स्वतः पाइन्छ। बिकिनी वाक्स धेरै समयको अन्तरालमा गर्नुभन्दा नियमित गर्नाले दुख्ने कम हुन्छ। यसको असर एक महिनासम्म रहन्छ।
बिकिनी वाक्स सधैं विशेषज्ञको निगरानीमा गराउनुपर्ने हुन्छ। किनभने संवेदनशील अंगवरिपरिका रौं हटाउने क्रममा गल्ती भए पछि गाह्रो हुन सक्छ।
-जयन सुब्बा मानन्धर

प्रकाशित: १५ मंसिर २०६९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App