८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

गुलाबजस्ती नटालिया

ग्ल्यामर संसारमा रमाउने मोडल/एक्ट्रेसले पहिरन फुकालेर कसिला वक्ष र बारुले कम्मरमुनिको कोणसहितको कर्भ प्रदर्शन गर्न पाएनन् भने उनीहरूलाई सायद खपिनसक्नु छटपटी हुन्छ। प्रदर्शन नगरून् पनि किन? शारीरिक कट र एंगल देखाएबापत पाउने गाँठ पनि कुस्त नै हुने भएपछि! यस्ता फोटोसेसन गर्ने फोटोग्राफर सिर्जनशील पर्‍यो भने त झन् सुनमा सुगन्ध नै हुन्छ। कोलम्बियाकी मोडल/एक्ट्रेस नटालिया डुरानको तस्बिर हेर्दा यस्तै महसुस हुन्छ। तेह्र वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी उनको तस्बिर निर्वस्त्र हुँदाहुँदै पनि कलात्मक छ। क्लिभेज प्रस्ट देखिने गरी सेतो सर्टको फेरो वक्षमुन्तिर बाँधेर दुवै हात शिरमाथि राखेको मुद्रामा उनी उभिएकी छिन्। यो त सामान्य नै भयो। र, रातो गुलाबको फूल उनका तिघ्राका बीचमा चेपिएको छ। यो तस्बिर कोलम्बियाको पुरुष म्यागजिन 'डन जुआन'को कभरमा केही महिनापूर्व प्रकाशित भएको थियो। सुन्दर मानव फूल नटालियाको मादकता रातो गुलाबले कयौँ गुना बढाइदिएको छ।

प्रकाशित: ३१ भाद्र २०६९ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App