coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कागती स्तम्भ तस्बिर प्रतियोगितामा सजिना विजयी

प्रथम भएकी सजिनाको कागती स्तम्भको तस्बिर ।

धनकुटाको कागते क्षेत्रको प्रचारप्रचार गर्नको लागि सञ्चालन गरिएको ‘कागती स्तम्भ तस्बिर प्रतियोगिता २०७७’ मा धनकुटा नगरपालिका वडा नंं ७ सितलपाटीकी सजिना बस्नेत प्रथम भएकी छिन् । धनकुटाको कागतेमा रहेको कागतीको स्तम्भमा खिचेको तस्बिरलाई सामाजिक सञ्जाल फेसबुकमा  पोष्ट गर्दा आएको सर्बाधिक लाइकको आधारमा बिजयी घोषित गर्ने प्रतियोगितामा उनी प्रथम भएकी थिइन । उनले पोष्ट गरेको आफ्नो तस्बिरमा सात हजार चारसय लाइक, चार हजार एकसय कमेन्ट र चारहजार तीनसय शेयर भएको थियो  । उनले नगद २५ हजार जितेकी छिन् ।  

त्यस्तै ६ हजार ६ सय लाइक सहित धनकुटा– ४ देब्रेबासकी अस्मिता श्रेष्ठ, दोस्रो र पाख्रीबास– ७ को हाम्रो नेपाली समुहको तस्बिर चार हजार लाइक सहित तेस्रो भएको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार जितेका छन् । धनकुुटा नगरपालिका वडा नंं. ३ का वडाध्यक्ष विकास घिमिरे, हङकङमा रोजगारीमा रहेका सुरेस यक्सो र सिंगापुरमा रहेका कुमार श्रेष्ठको सहयोगमा यो प्रतियोगिता गरिएको थियो । 

असार २० गते देखि सुरु भएको यो तस्बिर प्रतियोगितामा साउन २० गते सम्म प्राप्त लाइकको आधारमा निर्णय गरिएको हङकङबाट सुरेश यक्सोले बताए । त्यस्तै एकहजार भन्दा बढी लाइक पु¥याउने तस्बिरलाई समेत प्रशंसापत्रले सम्मान गरेको उनले बताए । वडा कार्यालयको संयोजनमा कागते क्षेत्रका युवाहरुले ‘ग्रीन कागते, क्लिन कागते अभियान’ समेत सञ्चालन गरिरहेका छन् ।

प्रकाशित: २४ श्रावण २०७७ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App